Sunday, June 28News That Matters

लाहानको मालपोतमा बम विस्फोट

पूर्णपुष्टि, चैत १

सिरहाको लाहानमा रहेको मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

कार्यालयमा आइतवार दिउँसो करिब पौने एक बजे विस्फोट हुदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगी थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

तराई मधेशमा सशस्त्र विद्रोह गरिरहेको जनतान्त्रिक गोइत समूहको दोस्रो तहका नेता रामविलास यादवले आइतवार नै जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेकाले त्यही घटनाको प्रतिक्रिया हुन सक्ने अनुमान गरेको भएपनि अनुसन्धानपछि घटनाको सत्य तथ्य थाहा हुने प्रहरीले जनाएको छ ।