Sunday, June 28News That Matters

बाबुले कलेजो दिएपछि ११ महिने बालकले पायो नयाँ जीवन

पूर्णपुष्टि,चैत १

३५ बर्षका बाबुले कलेजो दिएपछि ११ महिने बालकले नयाँ जीवन पाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरेको हो । जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका चिकित्सकको टोलीले सहयोग गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारी सुरु भएदेखि पहिलो पटक कजेजो प्रत्यारोपण गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि मिर्गौला र कलेजो प्रत्यारोपण सेवा रोकिएका थियो ।