
पूर्णपुष्टि,चैत १
सर्लाहीमा दाईको मोटरसाईकल चारेर जलाएको आरोपमा भाई पक्राउ परेको छ । ईश्वरपुर नगरपालिका–६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

१६ वर्षीय एैसानले आपसी रिसइबीका कारण मुस्तुफाको प्र २–०३–०१२ प २६०३ नम्बरको मोटरसाइकल घर नजिकैको नारायण माविको प्राङ्गणमा जलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोटरसाइकल पूण रुपमा जलेको छ । एैसान मुस्तुफाका आफ्नै काकाका छोरा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १ बजेतिर मुस्तुफाको घरमा राखिएको मोटरसाइकल निकालेर विद्यालयमा लगी आगो लगाइदिएका एैसानलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका एैसानले मोटरसाइकल जलाएको स्वीकार गरेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

