Friday, February 14News That Matters

बालिका बलात्कार आरोपमा मेडिकल सञ्जालक पक्राउ

पूर्णपुष्टि, असोज १५ ।
बालिका बलात्कारको आरोपमा त्रियुगा नगरपालिकाका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । गत असोज ९ गते त्रिनपा–२ जोगिदह स्थित बराहा मेडिकलका सञ्चालक असुतोष तिवारी पक्राउ परेका हुन् ।
एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणीको मुद्दामा तिवारीलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । अहिले मुद्दा दर्ता भइ अनुसन्धान चलिरहेको उनले बताए ।
सप्तरी निवासी तिवारी पक्राउ पछि उनको मेडिकल अहिले बन्द रहेको हाटखोला टोल विकास संस्थाका अध्यक्ष कुमार अधिकारीले बताए । सञ्चालक तिवारीले यसअघि पनि गाउँमा गलत नियत देखाएको गुनासो आएपछि चेतावनी दिएको अध्यक्ष अधिकारीले बताए ।
स्थानीय सम्भु खड्काले घटनालाई ढाकछोपको प्रयास भइरहेकोप्रति आशंका गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । घटना सार्बजनिक नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणीसमेत भएको छ ।
२ नं. वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार पिडितको उजुरीपछि मेडिकल सञ्चालक तिवारी पक्राउ परेका हुन् । उनको मेडिकल हाल बन्द छ ।