Monday, April 20News That Matters

बालुवाभित्र लुकाईएकाे ३५० केजी गाँजा चतारा सशस्त्र प्रहरीद्वारा बरामद्

पूर्णपुष्टि, जेठ १८ ।
सुनसरीकाे बराहक्षेत्र चतारा सशस्त्र प्रहरी बेश क्यामले आज ठुलाे मात्रामा गाँजा बरामद गरेकाे छ ।
सप्तकाेशीकाे किनारमा बालुवाभित्र लुकाईछिपाई राखेकाे अबस्थामा ३५० केजी गाँजा बरामद गरेकाे सशस्त्र प्रहरी निरीक्षक लिगम राईले बताउनुभयाे । उहाँका अनुसार सुनसरीकाे बराहा नगरपालिका -२ चतराकाे खयरटप्पु भन्ने ठाउँमा लुकाई राखिएकाे गाँजा फेला परेकाे हाे ।  मानिस हिडेकाे पाईतलाकाे गाेहाेबाट संकास्पद देखिएपछि खाेजी गर्दै जाँदा पुरेकाे अबस्थामा गाँजा  फेला परेकाे थियाे ।
सशस्त्र प्रहरीकाे गस्तिटाेलीले विहान ९:०० बजेतिर शंकास्पद अबस्था देखेर बालुवा खाेतल्दा ठुलाे मात्रामा गाँजा फेला परेकाे थियाे । गाँजा तस्करले भारततर्फ लैजान पहाडि क्षेत्रबाट ल्याएर त्यहा लुकाएकाे हुनसक्ने सशसत्र प्रहरीकाे अनुमान छ ।
गाँजा कसले, कसरी र कहिले  लुकायाे भन्ने कुरा  पत्ता लाष्न सकेकाे छैन ।
बरामद गाँजा थप अनुसन्धानकाे लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा पठाईने प्रनि राईले बताउनुभयाे ।

सो क्षेत्रमा गाँजाको तस्करी हुने गरेको जनता समाजवादी पार्टीका नेता गणेश राईले बताउनुभयो । तस्करहरुका कारण त्यस क्षेत्रमा सर्बसाधारणको शान्ति, सुरक्षामा चुनौती रहेको उहाँको भनाई छ । शान्ति, सुरक्षा र तस्करीविरुद्ध कडा कदम प्रशासनले चाल्नुपर्ने माग स्थानीयको छ ।