
रानिवास/असार, ५
त्रियुगा नगरपालिका वडा नं १५ खाँबु रानिसामा आधारभूत पत्रकारीता प्रशिक्षण तथा बाल भित्ते पत्रकारीता तालिम सम्पन्न भएको छ ।
त्रियुगा नगरपालिका वडा नं १५ को सहयोग तथा पूर्णपुष्टि साप्तिाहिकको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम्मा सम्पूर्ण टोलबाट २४ जना भन्दा बढीले सहभागी जनाएका थिए ।
बिकट ठाउँमा पनि सूचना सञ्चारको विकास गर्ने र त्याहाँका वडा वासीहरुलाई सूचना सञ्चारको माध्यमबाट सुचित गराउने भन्दै वडाले तालिमलाई सहयोग गरेका थिए ।
३ गते देखि संचालनमा रहेको तालिमलाई पूर्णपुष्टि साप्ताहिका प्रकाशक सम्पादक तथा मुख्य प्रशिक्षक भोटराज राई र बरिष्ट पत्रकार कौशल चेम्जोङले सहजीकरण गरेका थिए ।
सहभागीहरुले उत्साहजनक तरिकाले तालिम लिए । बिषेश गरी बाल भित्ते पत्रकारीता तालिममा बिभिन्न बिषयहरु समावेश हुने हुदा यस तालिमले सबै पक्षका मानिसहरुलाई सूचित गराउने त्रियुगा नगरपालिका वडा नं १५ का वडा अध्यक्ष निर बहादुर आले मगरले बताए ।
समचार, कविता, चित्र, कथा, लेख लगाएतका सामाग्रीहरु प्रस्तुत हुने हुदा सबै क्षेत्रसँग सम्बन्ध रहनाले पनि यसले थुप्रै पाठकको मन जित्नेमा सहभागीहरुले आशा राखे । उनिहरुले बाल भित्ते पत्रीकालाई निरन्तर रुपमा आफ्नो ठाउँवाट निकाल्ने बताएका छन् ।
यस्तै पत्रिका निकाल्ने सम्पूर्ण समाग्रीहरु पूर्णपुष्टि साप्ताहिकले उपलब्ध गराउने भएको छ ।
यस्तै त्रियुगा नगरपालिका वडा नं १५ का वडा अध्यक्ष निर बहादुर आले मगरले बालबालिकाहरुको क्षमता बृद्धिमा सहयोग पुराउने भन्दै यस्तो तालिमको आयोजना गरेको बताए ।