Monday, April 20News That Matters

बाह्रय पर्यटनको पर्खाईमा ताप्ली पोखरी

पूर्णपुष्टि, २ असार ।
अग्लो ठाउँ चौरैचौरले भरिएका चिल्लो अनि हरियो डाँडाँ” चिसो मौसम, स्वच्छ वातावरण र चारैतिर हेर्न अनि देख्न सकिने पहाड र मधेशको रमणीय दृश्य । बिकट ठाउँ सडकको असहजता, जोखिमपूर्ण यात्रा, यी अनेकौँ समस्याहरु झेल्दै उक्लिन सकिने उदयपुरको ताप्ली पोखरी पर्यटकको नजरमा निकै आकर्षक ठाउँ हो ।

दुई हजार फिट भन्दा माथी उचाईमा रहेको यो पोखरी उदयपुर जिल्लाको ताप्ली गाउँपालिका स्थित २ नं वडामा पर्छ । जिल्लामा रहेको मुख्य धार्मिक पर्यटकीय स्थलहरुको लिस्टमा पर्दै आएको ताप्ली पोखरी बिषेश गरी प्रचार प्रसारले भने ओझेलमा परेको जानकारहरु बताउँछन् । सरकारले उदयपुरगढीलाई पर्यटनको गन्तव्यमा पहिलो प्राथामिकता दिएपनि जिल्लामा रौता पोखरी सबैभन्दा बढी पर्यटकीय क्षेत्रले आकर्षक बनेको ठाउँ हो । यस ठाउँ सदरमुकामबाट नजिक र सुविधाका कारण पनि बाह्रय तथा आन्तरिक पर्यटकीय गन्तव्यले अगाडी छ । यो सँगै उदयपुरगढी, ताप्ली पोखरी र चौदण्डीगढी पनि पर्यटकको गन्तव्यको रुपमा प्रचार भैरहेको ठाउँ हो ।

स्थानीय युवा समिप राई बाटो घाटो र प्रचार प्रसारको अभावले ताप्ली पोखरी ओझेलमा परेको बताउँछन् । मुख्यतया त्यस ठाउँ सम्म पुग्न सकिने सडकहरु प्रसस्त मात्रामा निर्माण भएको छैन्, भएको पनि जिर्ण छ, पर्यटनमय व्यवस्थापनमा कमिकम्जोरी छ राईले भने”, । उनले भौगोलीक बिकटताका कारण सडक निर्माणमा सहज नहुने र खर्चको चुनौतीहरु रहेको समेत जनाए । ताप्ली पोखरी विकासमा प्रदेश र संघ झनै मौन रहेको उनको बुझाई छ ।
ताप्लीमा पर्यटक भरिभराउ गर्न सरकारले बिषेश पहल गर्नु पर्ने राईको भनाई छ । स्थानीय सरकारको मात्रै बजेट यहाँ पूर्ण नहुने हुँदा, प्रदेश र संघले पनि यस ठाउँको लागि बजेट छुटाउनु पर्ने राईले माग राखेका छन । स्थानीय सरकारबाट पनि ताप्ली पोखरीको लागि प्रसस्त बजेट छुटिन नसेको र चोसो नदेखाएकोमा गुणासो गरे । संघ र प्रदेश टाढाको सरकार रहेता पनि स्थानीय सरकारले उनिहरु सँग पहल गर्नु पर्ने भुमिका प्रसस्त रुपमा रहेको राईको भनाई छ । यहाँ आन्तरिक पर्यटन बाहेक बाह्रय पर्यटनहरु सहजले आउन सक्ने अवस्था नरहेको त्यहाँका स्थानीय तथा पालिकावासीहरुको भनाई छ ।

बाह्रय पर्यटन भित्राउन संघर्ष

ताप्ली पोखरी पर्यटकको लागि महत्वपूर्ण स्थान रहेपनि बिविध समस्याको कारण बाह्रय पर्यटन भित्राउन नसकि रहेको स्थानीयवासीहरुले जनाए । उनिहरुले जिम्मेवारी पक्षको व्यवस्थापनको कमिकम्जोरीले बाह्रय पर्यटन गुमाईरहेको जनाए । त्यस ठाउँको प्रचार प्रसारमा तिव्र गतिमा लाग्नु पर्ने उनिहरुको सरकारलाई सुझाव छ । प्रचार प्रसार सँगै सडकको स्तरउन्नतीमा पनि व्यापक लागि परे बाह्रय पर्यटन आगमनको बाटो समेत खुल्ने स्थानीय फडिन्द्र राईले जनाए । आदिवासी जनजाति माहासंघ ताप्लीको अध्यक्ष समेत रहेको राईले गाउँपालिकामा ६८ प्रतिसत जनजातिहरुको बसोवास रहेको भन्दै संस्कार संस्कृति, रहन सहन र बिभिन्न जातजातिको होमेस्टेहरु निर्माण गरी पर्यटनलाई भित्राउन सकिने जनाए ।

उले ताप्ली पोखरीको सुन्दरतालाई नियाल्न धेरै पर्यटकहरु हतारोमा रहेको तर विकास र पर्यटनका लागि सेवा सुविधा अभावले पछि परेको राईले जनाए । यी सुविधाहरु सम्बन्धित निकायले पुरा गर्न सके ताप्ली पोखरीमा बाह्रय पर्यटक समेत ओइरीने राईको बुझाई छ । एमाले नेता तथा बुद्धिजिवी बावुराम राईले ताप्ली पोखरीलाई पर्यटकीय स्थल निर्माण गर्न सके पालिकालाई आर्थिक टेवा पुग्ने जनाए । पालिकाको एक मात्रै परिचित स्थानको रुपमा रहेको ताप्ली पोखरीलाई पर्यटन क्षेत्रमा थप विकास गर्दै पालिकाको मुहार फेर्न सबै लागि पर्नु पर्ने राईले जनाए । उनले स्थानीय, प्रदेश र संघ सबै तभहका सरकारलाई त्यस तर्फ नजर लगाउन पनि सुझाएको छ । ताप्ली पोखरीका लागि आफ्ने पनि सक्दो सहयोग रहने र सकरात्मक हिसावले स्थानीय सरकारलाई सघाउने राईको प्रतिवद्ध छ ।

ताप्ली पोखरीको संरक्षण र व्यवस्थापनमा पालिका प्रतिवद्ध

ताप्ली पोखरीलाई संरक्षण तथा थप आकर्षण पार्न स्थानीय सरकार लागि पर्ने जनाएको छ । पालिका अध्यक्ष ढुँगराज बिकले ताप्ली पोखरीलाई पर्यटन क्षेत्र मात्रै नभई पर्यटन उद्योगकै रुपमा विकास गर्ने जनाए । त्यसका लागि पालिकाले आवश्यक लगानीको पहल गर्ने जनाए । उनले ताप्ली आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको भन्दै त्यस ठाउँमा भौतिक संरचनाहरु आवश्यक नरहने जनाए । भ्युटावरका लागि पहिले गरेको डिपिआर आवश्यक छैन्, । त्यसलाई थप आकर्षण गर्न अन्य उपायहरुनै गर्न सकिन्छ भन्ने लागेको छ, अध्यक्ष बिकले भने,” ।
आफैमा सौन्दर्य बोकेको ताप्लीमा अनावश्यक संरचना बनाउने बाहानामा सुन्दरताको मुहारनै खराब भैरहेको उनले बताए । त्यसलाई व्यवस्थापन गर्न पालिकाले पहल गर्नेछ, थप आकर्षणका निम्ती पालिकाले घेराबेरा, पोखरीको व्यवस्थापन र त्यस ठाउँ सम्म पुग्न सहजताको लागि सडक निर्माण तथा मर्मतको काम अघि सार्ने योजना बनाएका छौँ, अध्यक्षले भने, ।

त्यस ठाउँमा पर्यटक आकर्षका बाहानामा ठुला ठुला संरचना बनाउने भन्दै सुन्दर डाँडाँको मुहार नै भत्काएको अवस्था छ । तर अहिले सम्म पनि केहि भौतिक पूर्वधार निर्माण भने हुन सकेको छैन् । यसबारे स्थानीयहरुले चासो र बिरोध समेत गरिरहेको छ । पालिका उपाध्यक्ष धना मगरले ताप्ली पोखरीलाई थप आकर्षक बनाउन पालिकाले खाकानै निर्माण गरी अघि बढ्ने जनाईन् । ताप्ली पोखरी पर्यटकीय गन्तव्यको लागि आकार्षक ठाउँ रहेको भन्दै स्थानीय सरकारले पूर्ण रुपमा त्यस ठाउँलाई पर्यटकीय स्थलकै रुपमा बिकास गर्नु पर्ने उनको बुझाई छ । यसलाई प्रसिद्ध पर्यटकीय स्थल बनाउने योजनामा छौँ उनले भनिन् । प्रशासकीय अधिकृत भक्त राईका अनुसार पर्यटन मन्त्रालयबाट ताप्ली पोखरीका लागि १५ लाख बजेट बिनियोजन भएको जनाए । त्यस बजेटले पोखरी संरक्षण, घेराबेरा, सिडि निर्माण, घेराबेरा र अधुरो टावर पनि पुरा गर्ने जनाएको छ ।

ताप्ली पोखरीको इतिहाँस र किबदन्ती

ताप्ली पोखरी एक पुरानो र ऐतिहासिक धार्मिक स्थल हो । यसलाई बिगतको बाजे पुर्खाहरुले बचाउँदै ल्याएको भएपनि यसबारे पछिल्लो पुस्ताहरु पूर्ण जानकारी नरहेको बताउँछन् । त्यस पोखरी बारे बाजे पुर्खाले बताउँदै आएका आधारमा अहिलेको पुस्ताहरुले त्यस स्थानलाई मान्ने र पुज्ने गरेको छ ।
पुर्खाहरुको कुरालाई उदृत गर्दै स्ूथानीयहरु भन्छन्,” ताप्ली कुवामा ५ जना कन्या केटीहरु पानी लिन गएका थिए । पानी लिन गएका ती पाँच कन्या केटीहरु त्यही पोखरीमा डुवेर बेपत्ता भएपछि पाँच कन्याको रुपमा त्यस ठाउँलाई मान्ने गरिन्छ । त्यस घटनाकै आधारमा त्यसलाई पंञ्चकन्या मन्दीर भनिने गरेको भनाई छ । कन्या केटीहरु डुवेर मरेपछि पंञ्चकन्याको उत्पती सँगै ताप्ली पोखरीलाई पंञ्चकन्या मन्दीरको रुपमा धार्मिक स्थल निर्माण गरिएको स्थानीयहरुको भनाई छ ।
उनिहरुले त्यस ठाउँमा पहिले तामाङहरुको बसोवास रहेको जानकारहरु बताउँछन् । तामाङ्हरुले सुँगुर पाल्ने गर्थे, ती सुँगुरहरुले पोखरीमा गएर पौडी खेल्ने हुँदा सबै सुँगुरहरु मरे पछि त्यस ठाउँबाट तामाङहरु समेत विस्थापित भई अहिले पोखरी आसपास तामाङहरु बसोवास नै नरहेको जनाए । पोखरी नजिकै पाँच कन्या मन्दीर पनि खडा गरिएको छ ।