बिकट क्षेत्रमा बिषहारा डेन्टलको निशुल्क दन्त सेवा

पूर्णपुष्टि, २८ माघ ।
बिषहारा मल्टी स्पेशालीटी डेन्टल क्लिनिकले दन्त रोगिहरुको क्षेत्रमा समाजसेवाको काम समेत गर्दै आएको छ । बिगत दुई बर्ष देखी गाईघाट स्थित बोक्से जाने बाटो सेतो पुल नजिक संञ्चालनमा रहेको उक्त क्लिनिकले भर्खरै मात्रै रौतामाई गाउँपालिका ६ मा हुरेण्डेक उदयपुरले संञ्चालन गरेको सिविरमा सहभागी भई दन्त उपचारमा सहयोग पुराएको हो ।

यस सिविरमा क्लिनिकले ५० भन्दा बढी दन्त रोगीहरुलाई निशुल्क उपचार गरेको छ । पहाडी पालिका र बिकट ठाउँको दन्त रोगीहरुलाई उपचारमा सेवा पुराउनु निकै चुनौती रहेको संञ्चालक तथा आर.सीटी बिषेशज्ञ डा. नारायण कुमार चौधरीले जनाए । त्यस ठाउँ सम्म गएर बिरामीहरुलाई सेवा दिँदा बिरामीहरुमा देखिएको खुसीले बिषहरा डेन्टल टिम उत्साहित समेत बनेको छ । चौधरीका अनुसार परिक्षण गरिएको मध्ये १२ जनाको दाँत निशुल्क उखालिएको छ । अन्य जटिला विरामीहरुलाई पनि क्लिनिकमा उपचार गर्न आए ५० प्रतिशत छुटमा उपचार गरिने चौधीले जनाए ।

क्लिनिकले बिगतको दिनहरुमा पनि विद्यालयहरुमा निशुल्क दन्त सेवा प्रदान गर्दै आएका थिए । मोतिगडा स्टाडर्ड भिजन स्कुल, क्रिमसन एकाडेमी बगाहा, नबोदय स्कुल सिसुवारी लगायत ठाउँमा क्लिनिकले आफ्नो निशुल्क सेवा प्रदान गरिसकेको छ भने आउने समयमा पनि यसलाई निरन्तरता दिने डा. चौधरीको भनाई छ । डा. चौधरी उदयपुर जिल्लाभरीकै एक मात्र आर.सीटी बिषेशज्ञ पनि हुन् ।

यस क्लिनिकले अन्य क्लिनहरु भन्दा प्रविधिमा पनि ध्यान दिएको छ । उपचार सहजका लागि सबैखाले प्रविधि मेशीन र आवश्यक सामाग्रीमा पनि डेन्टल पोख्त रहेको छ । बिषेशज्ञ डाक्टरहरु सहित संञ्चालि क्लिनिकमा आर.सीटी बिशेषज्ञ एम.डि.एस डा. नारायण कुमार चौधरी, म्याग्जिलो फेसियल सर्जन एम.डि. एस डा. जितेन्द्र मण्डल, गिजा रोग बिशेषज्ञ एम. डि. एस डा. बेन्जु षेर्ठ र जेनरल डेन्टल सर्जन बिडि. एस डा. अम्विका चौधरी रहेको छ । सबै ब्रेसेस स्पेस्लिस्ट डाक्टरहरु सहितको सुबिधा भएको यस क्लिनिकले आफ्नो स्वार्थ भन्दा माथी उठेर समाजसेवामा समेत ध्यान पुराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0