
पूर्णपुष्टि, असोज ११
दशैलाई लक्षित गर्दै संञ्चालन गर्न लागिएको रमाईलो मेलामा स्थानीयहरुले बिरोध गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं १३ मा रहेको तरकारी कृषि बजारमा उक्त मेला संञ्चालन गर्न तयारी रहेका थिए । तर रमाईलो मेलाले बिकृती फैलाउने भन्दै स्थानीयहरुले अबरोध गरेको छ । स्थानइि मेला लगाउन नदिने भन्दै बिरोध गरेपछि पूर्व पश्चिम बसपार्कमा मेला लगाउने तयारी थालिएको छ । तर मेला र आयोजकको बारेम ाभने प्रहरीले अनिबिज्ञाता देखाएको छ । प्रहरी नायव उपरिक्षक राकेश कुमार पोदारले त्यसबारे जानकारी नभएको जनाए ।
