
पूर्णपुष्टि, बैशाख २७
त्रियुगा नगरपालिकामा गठबन्धन गरि चुनाबमा होमिएको माओवादी केन्द्र र एकिकृत समाजबादिले आज त्रियुगा नगरपालिकामा ¥याली गरेको छ । गाइघाट बजार बाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । गठबन्धनको ¥याली हेर्दा बिजय जुलुशको झल्को दिनेखालको थियो । उक्त ¥यालिमा हजारौ नगरबासिले सहभागिता जनाएको देखिन्थ्यो ।
जुलुशमा दुई हजार भन्दा बढी मोटरसाइकल , सयौ अटो तथा गाडी भएका कारण मुख्य सडक पुरै भरिएको थियो । जुलुस गाइघाट बजार हुँदै ,चुहाडे , जलजले , देउरी, मोतिगडा हुँदै पुन गाइघाट बजारमा आइपुग्ने आयोजकले जानकारी दिएका छन । ¥याली गाइघाटमा आइ सभामा परिणत हुने छ ।
गठबन्धनको ¥यालीको नेतृत्व प्रमुख पदका उम्मेदवार बलदेब चौधरीले गरेका थिए । ¥यालीमा सहभागीले चर्को स्वरमा नारा लगाउँदै जनातासँग गठबन्धनलाई निर्वाचित गराउन अनुरोध गरिरहेका थिए ।
