बिबिध कार्यक्रमहरु सहित भोलीबाट उदयपुरमा ट्राफिक सप्ताह गरिँदै

पूर्णपुष्टि, पुष ३
उदयपुरमा पनि ट्राफिक सप्ताह कार्यक्रम भव्य गरिने भएको छ । ट्राफिक नियमको पालना सँगै दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यहि पुष ४ गते अर्थात (भोली) बाट सप्ताह सुरु गरिने जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।

सप्ताह प्रदेश नं १ अन्तरर्गत १४ ओटै जिल्लाहरुमा गरिने भएको छ । प्रदेश नं १ का मोरङ लगायतका १३ जिल्लामा मेयर तथा जिल्ला प्रमुख अधिकारीको उपस्थितिमा र उदयपुरमा भने जिल्ला प्रमुख अधिकारी बिरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज लिला कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
इन्चार्ज श्रेष्ठले भोलीको लागि जिल्लामा भव्य तयारी भईरहेको समेत बताउनुभयो ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि प्रदेश १ भरि उदयपुर सहित १४ ओटै जिल्लाहरुमा आईतबार देखी एकै साथ एकै समयमा हुने कार्यक्रम सुरु गरिने १ नं प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । १ नं प्रदेश ट्राफिक कार्यालयकै आयोजनामा हुन लागेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत उदयपुर ट्राफिक कार्यालयले पनि भोली बिहान ८ बजे देखी सप्ताह सुरु गर्ने इन्चार्ज ष्ठले जानकारी दिनुभयो ।

सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गरौँ भन्ने नराका साथ कार्यक्रमलाई भव्य सफल पार्न लागिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार सप्ताह अबधिभर बिभिन्न कार्यक्रमहरु गरिने जनाएको छ । पहिलो दिन अर्थात ४ गते बिहान ८ बजे बाट विद्यार्थी सहित, सुरक्षाकर्मी, नागरिक समाज अन्य सम्बन्धित क्षेत्रहरुलगायतको उपस्थितिमा प्रभातफेरी र्याली बसपार्क पुगेर कार्यक्रमको औपचारिक उद्घाटनमा परिणत हुनेछ ।

त्यसैगरी दोस्रो दिन जिल्लाभरीकै ट्राफिक कार्यालयहरुको माताहतमा पर्जा पम्पप्लेट वितरण तथा ट्राफिक संयम सेवक खटाईने छ, भने तेस्रो दिन माहानगर तथा नरपालिका बजार भित्र रहेको पुटपाथहरु, ट्राफिक चिन्ह, र जथाभावि राखिएको सामानहरु हटाईनेछ, त्यसैगरी चौँथो दिन बसपार्क नजिकै रहेको त्रियुगा पुलमा संयुक्त रुपमा सवारी साधनहरुको अवस्था, ट्राफिक नियम तथा कागजात चेक जाँच सवारीमा सरकारले तोकेको मापदण्ड जस्तै अपाङ सिट, यात्रुको परिणाम, सिट क्षमता जस्ता आरकक्षणको निगरानी सँगै ३ ओटा विद्यालयहरुमा विद्यार्थीहरुलाई सचेतना सम्बन्धि कक्षा संञ्चालन गरिनेछ । यता पाँचौ दिन पिपलचोकमा विद्यार्थीहरुलाई सहभागी गराई ट्राफिक सचेतनाको लागि कार्यक्रमको तयारी गरिएको छ । छैँटौ दिन स्वास्थ्य कार्यालयको समेत संयुक्त आयोजनामा ब्लड प्रेसर तथा आँखा चेकजाँज जस्ता स्वास्थ्यको कार्यक्रम रहेो छ भने सातौँ दिन सम्पूर्ण कार्यक्रमको समिक्षा सहित कार्यक्रम सम्पन्न हुने जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: