
पूर्णपुष्टि, चैत्र १३
उदयपुर स्थित गाईघाटमा शुक्रबार बाट संञ्चालन भएको त्रियुगा रजत महोत्सव आईतबार भव्य सम्पन्न भएको छ । उक्त कार्यक्रम त्रियुगा नगरपालिका स्थापनाको २५ औँ बर्ष पार गरेको अवसरमा गाईघाटमा बिभिन्न कार्यक्रमको आयोजना सहित संञ्चालन गरिएको थियो ।
समापन कार्यक्रममा जेष्ठ नागरिक, खेलाडी, कलकार साहित्यकार उद्यमी, पूर्व प्रध्यानाध्यापक, लेखक, कृषक तथा सर्जकहरुलाई सम्मान र बिभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको थियो । महोत्सवको अवसरमा त्रियुगा नगरपालिकाले खेलकुद, निशुल्क स्वास्थ्य सिविर, सम्मान कार्यक्रम सांस्कृतिक कार्यक्र र प्रभातफेरी र्याली लगायतको कार्यक्रमहरु आयोजना गरेका थिए ।

महोत्सवमा बिभिन्न परम्परागतका तथा लोपन्मुख खेलहरु डोरी तनाई, डण्डीवियो, म्युजिकल चियर, हण्डीफोर, भाले समाई र तातो आलु जस्ता ६ खेलहरु समेत खेलाइएका थिए । सोही खलेमा बिजेता खेलाडीहरुलाई सम्मान पत्र र पुरस्कार पनि समापन कार्यक्रममा वितरण गरिएका थिए । कार्यक्रममा राष्ट्रिय कलकारहरुको प्रस्तुती सहित बिभिन्न आदिवासी जातजातिहरुको झाँकी प्रदर्शन तथा संस्कार संस्कृतिको नृत्यहरु समेत प्रस्तुत गरिएका थिए ।
यस्तै त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरीले २५ बर्ष सम्मको यात्रमा त्रियुगा नगरपालिका निकै आधुनिकीकरण र विकासी शहर भएको जनाए । उनले त्रियुगा नगरपालिकाको संस्थापक तथा जनताबाट निर्वाचित पहिलो मेयर लालसेर राईलाई सम्झँदै त्यसबेला देखीको नगरपालिका अहिले आएर जनताको हरेक दुखमा टेवा पुराउने बन्न सकेको जनाए । उनले अब नगरपालिका बाट उपमहानरपालिका बनाउने लक्ष्यलाई आधारहरु तयार गरिसकेको र अब यो चाँडैनै सम्भावना रहने जनाए । मेयर चौधरीले अब त्रियुगामा शिक्षा, स्वास्थ्य, पूर्वधार, कृषि, उद्योग, विकास जस्ता महत्वपूर्ण कुरालाई ध्यानमा राखी आधारहरु तयार बनि सकेको हँदुा सोही मापदण्ड अनुरुप उपमाहानगरपालिका बनाउने जनाए ।
फोटो फिचर






