Friday, January 24News That Matters

बिभिन्न पार्टी परित्याग गरी ३५ जना भन्दा बढी माओवादीमा प्रवेश

पूर्णपुष्टि, ७ असोज ।
गाईघाटमा माओवादी प्रवेशको लहर चलेको छ । शनिवार माओवादी पार्टी त्रियुगा नगर कमिटीको आयोजनामा भएको एक दिने प्रशिक्षणमा माओवादीमा कार्यकर्ताको आकर्षण देखिएको हो । नगरपालिकाको ३, १२, ११, १४, ९ र १६ बाट पार्टी प्रवेश गरेको हो ।

यता चौदण्डीगढी नगरपालिकाको १ नं वडा बाट एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य बिन्द्र राई पनि मओवादीमा प्रवेश गरेको छ । उनलाई कार्यक्रममा भव्य सम्मानका साथ केन्द्रीय नेताहरुले स्वागत गरे । यता त्रियुगा नगरपालिकाबाट भने मुस्लिम समुदायनै माओवादीमा प्रवेश गरेको वाईसिएल नेपाल उदयपुरका जिल्ला सचिव इश्वरमान राईले जनाए । राईका अनुसार १२ नं बाट मुस्लिम समुदायबाट मात्रै २० जना भन्दा बढी माओवादीमा प्रवेश गरेको सचिव राईले जनाए । अनिस रायन र साबीर अलिको नेतृत्वमा सामुदायनै पार्टी प्रवेश गरेको हो ।

पार्टी प्रवेश गर्नेहरुमा जय कुमार राई, यम वहादुर मगर, बिकास वि.क भिम कुमार राई, राज कुमार राई, कृष्ण शर्मा, अर्जुन राई सचिन बुढाथोकी, सक्सेश राई, निरोज बस्नेत, पुष्प न्योपाने, प्रमान राई, बिष्णु बहादुर बस्नेत, धन वहादुर राई, संगिता राई, राज कुमार भगवत, साविर अलि, परमानन्द साह, अनिस रायन, नसिर हुसेन, नसिर भिभा, इस्लाम अलाम, नहिम अन्सारी, सलामत भिभा, सुरेन्द्र बिक्रम सहनी, मनोरुपा सहनी, रामसहर यादव, गितादेवी यादव, ममता गुप्ता र दिपा राई लगायत छन् । एमाले, एकीकृत समाजवादी र स्वतन्त्रहरुको ठुलो संख्या माओवादीमा प्रवेश गरेको हो । त्रियुगा नगर कमिटीका अध्यक्ष मान वहादुर राईले पार्टीमा प्रवेश गर्ने सबैप्रति हार्दिक स्वागत गरेका छन् । राईले पार्टी प्रवेश गर्ने सबैलाई क्षमता अनुसार उचित जिम्मेवारी प्रदान गर्ने समेत जनाएको छ ।