पूर्णपुष्टि, पुष २५ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं।१२ बिसनपुरमा चौथो वडाअध्यक्ष कप सुरु भएको छ । बिसनपुरको हरित पार्क खेल मैदानमा कापको प्रतियोगिता भैरहेको छ। आईतवार त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त कुमार बस्नेतले कपको उद्घाटन गरेका थिए । प्रतियोगितामा बिभिन्न वडा गरी ८ टिमको सहभागी रहेको छ ।
करिव एक हप्ता सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा फुटबल क्लब बगाहा र गाईघाट फुटबल क्लबका बिच प्रतिस्पर्धा भएको थियो । उत्घाटन खेलमा बगाहा फुटवल क्लव दिरुद्ध ०–४ गोलको अन्तरले गाईघाट फुटबल क्लवले बिजयी सुरुवात गरेको छ ।
गाईघाटको तर्फबाट प्रीतम चौधरीले ३ गोल गर्न सफल भएको थियो भने सोहि टिमका अर्का खेलाडि अनुराग चौधरीले १ गोल गरि टिमलाई विजयी गराएका थिए । यता बगाहा फुटवल क्लबले भने प्रतियोगिताको र्निधारीत समय सम्म पनि कुनै गोल फर्काउन सकेन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताए ।
