पूर्णपुष्टि, पुष २५
जिल्ला प्रशासान कार्यालय उदयपुरले जिल्लामा रहेको अबैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन दिईएको छ । कार्यालयको पत्र अनुसार सोमवार देखी लागु हुने गरी उक्त क्रसरहरु बन्द गर्न भनिएको छ । पत्रमा नियम कानुन विपरिद त्यस्ता क्रसरहरु फेला परे कानुनवमोजीम कार्वाहीको चेतावनी दिएको छ । यदि आवश्यक विकास योजनाको लागि संञ्चालन भएको उद्योग क्रसरहरु भएमा बैधानीकता खुल्ने प्रष्ट कागजातहरु उपलब्ध गराई संञ्चालन गर्न प्रशासनको निर्देशन छ । त्यस्का लागि यहि पुष २७ भित्र कागजात प्रशासनमा पेस गर्न आह्वान समेत गरिएको छ ।
प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण नगरी संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा क्रसिङ, उत्खनन, प्रशोधन कार्यमा संलग्न उद्योगहरुलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलद्वारा हस्तारित पत्रमा उल्लेख छ ।

यस अघि मदन भण्डारी राजमार्ग लगायत विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमती प्राप्त उद्योगहरु पनि बन्द गर्न निर्देशन दिइएको छ । विभिन्न आयोजना विकास तथा निर्माणको नाममा अनुमति लिएका तर सो कार्य सम्पन्न भएपछि पनि आयोजना समाप्त भए पश्चात पनि त्यस्तो कार्य गरिरहेको भए सोमबारबाट लागू हुने गरी बन्द गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
