Tuesday, July 7News That Matters

५ रुपैयाबाँट बचत सुरु, ६५ लाख कारोवार

पूर्णपुष्टि, पुुस २३
प्रतिभा महिला वचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । त्रियुुगा नगरपालिका २ स्थित सो संस्थाले महिला समुुह गठन गरी मासिक पाँच रुपैया बचत गर्दै जाँदा अहिले करिब ६५ लाखको कारोवार गर्ने भएको अध्यक्ष हिमा खतिवडा पराजुुलीले बताउनुुभयो ।
साधारणसभामा ६४ लाख ९५ हजार ४०३ रुपैया बराबरको आयब्याय विवरण सार्बजनिक गरिएको छ । कार्यक्रममा त्रियुुगा ननगरपालिकाका सामाजिक विकास शाखा प्रमुख शर्मिला पोखरेल, देवकोटाले समुुहको बचत गर्ने बानीले प्रगति भएको बताउनुुभयो ।
सो संस्थाले अवका दिनमा समुुह भवन निर्माणका लागि प्रण लिएको छ । त्यसका लागि सम्बन्धीत निकायहरुमा पहल गर्ने जनाएको छ । वडाध्यक्ष घमानसिंह खत्रीले संस्थालाई बधाई तथा शुुभकामना दिनुुभयो ।