Sunday, June 21News That Matters

बिहेभोजमा सरिक हुँदा संक्रमण, एकैै घरका ३ जनाको ज्यान गयो

पूर्णपष्टि, वैशाख ३१

बागलुङमा एकै घरका तीनजनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । बडिगाड गाउँपालिका–४ एकै परिवारका तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो ।

बडिगाड–४ को जलजलामा दुई हप्ताअघि बिहेभोजमा सरिक भएकाहरुमा नै संक्रमण पुष्टि भएको थियो । स्थानीयवासीकाअनुसार ज्यान गुमाउने पनि बिहेभोजमा गएका नै रहेका छन् ।

एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोराको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।