
पुर्णपुष्टि,असोज २२
बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपािलका–६ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । बुटवलस्थित कोरोना अस्पतालमा उपचारको क्रममा आज दिउँसो साढे १ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुष मधुमेह र उच्च रक्त चापको बिरामी रहेको अस्पतालले जनाएको छ ।

