Sunday, May 17News That Matters

चौदण्डिगढीको वडा सचिवमा संक्रमण पुष्टि, वडा कार्यालय बन्द

पूर्णपुष्टि, असोज २२

चौदण्डिगढीको एक वडा कार्यालयको सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट दिईने सेवा प्रवाह बन्द गरिएको छ ।
हिजो चौनपा– २ का २५ वर्षीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको हो ।

यहि गत १८ गते उनको स्वाव संकलन गरिएको थियो । हिजो आएको रिपोर्ट पोजेटिप आएको हो । सचिवलाई नै संक्रमण देखिएपछि कार्यालयको सबै सेवाहरु अनिश्चितकालसम्मका लागि बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।
हिजो आएको रिपोर्टमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उक्त १५ जनामध्येकै एक संक्रमित सचिव भएको खुलेको छ ।