
सुनसरी, असोज २२
सुनसरी भोक्राहा नरसिंह–६ बस्ने १९ बर्षीय उमर हुसेन लागुऔषध सहित पक्राउ परेको छ ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले को २७ प ८८९७ नम्बरको मोटरसाईकलमा आएका हुसेनलाइ आज विहान ११ बजे नरसिंह–५ स्थित राजमार्ग एरियाबाट नियन्त्रणमा लिईएको थियो ।
नियन्त्रण पश्चात चेकजाँच गर्दा हुसेनले लुकाई छिपाई ल्याएको डाईजोपाम ईन्जेक्सन १ सय ५० एम्पुल, लुप्रिजेन्सी १ सय ५० एम्पुल, फेनेरागन १ सय ५१ एम्पुल र स्पास्मो प्रोक्सीभोन प्लस ३ सय ८४ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका हुसेनमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

