रक्सीको नसामा बुबाले नै गरे छोराछोरीमाथि एसिड प्रहार

पूर्णपुष्टि, मंसिर ७
बुबाले छ्यापेको एसिड लागेर सोलुखुम्बुमा छोरोछोरी घाइते भएका छन् । सोलु दूधकुण्ड नगरपालिका–५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले छ्यापेको एसिड लागेर उनकै २५ वर्षीय छोरा र १६ वर्षकी छोरी घाइते भएका हुन् ।
बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
एसिड प्रहारबाट घाइते भएकालाई जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर रहेको छ ।
एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: