Sunday, May 17News That Matters

बुबाले स्याल मार्न चलाएको बन्दुकको गोलीले लाग्दा छोराको ज्यान गयो

पूर्णपुष्टि, साउन ३० 

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई मार्न चलाएको बन्दुकको गोलिले लाग्दा  ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको घटना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जनाएको छ।

कर्णबहादुरले शुक्रबार बेलुका भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई मार्नको लागी चलाएको गोलीले लाग्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरको मृत्यु भएको थियो ।

बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणकमा लिएर घटनाको अनुसन्धान भईरहेको रामेश्वर त्वातीले जनाएको छ ।