बुलेरोले ठक्करदिँदा मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि, मंसिर २४
दाङमा बुलेरो जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्द रहेका छन् ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरो जिपले घोराहीबाट तुलसीपुर जाँदै गरेको रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिएको दाङ जिल्लाका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जनाएको छ । दुर्घटनाबाट गम्भिर घाईते भएका चन्दको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: