Tuesday, June 30News That Matters

बेतेनी पहिरोमा मोटरसाईकल क्षती, मानिस घाइते

पूर्णपुष्टि, असार २६ । 

उदयपुरको कटारी नगरपालिका ११ बेतेनीमा पहिरोमा परेर आज एउटा मोटरसाईकल पूर्णरुपले क्षती भएको छ भने एकजना मानिस घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार कटारी नगरपालिका ४ का राजकुमार ज्यू ठकुरी सवार मोटरसाईकल पहिरोमा परी क्षतीग्रस्त भएको हो । मोटरसाईकल चालक ठकुरी भने भाग्न सफल भएका थिए ।  मोटरसाईकलसहित ठकुरी पहिरोमा अभरो भरेपछि उद्धारको लागि गएका स्थानीय २२ वर्षिय पिक मगर भने पहिरोमा परी घाइते भएका छन् ।

गएरातीदेखि परेको वर्षातले जिल्लाको विभिन्न ठाउँमा पहिरो र डुवान भएका छन् । हालसम्म ठूलो धनजनको क्षती नभएपछि मनसुनी वर्षातले क्षती गर्नसक्ने भन्दै सतर्कता अपनाउन जिल्लाबासीलाई प्रशासनले आग्रह गरेको छ । यस अवस्थामा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुवानको उच्च जोखिम हुने गरेको छ ।

साथै विषालु जीवको प्रकोप पनि बढ्ने गरेको छ । नागरिकले विशेष सतर्कता अपनाउन प्रशासनको आग्रह छ । साथै जिल्ला विपद व्यवस्थापन समिति पनि जोखिमलाई मध्येनजर गर्दै पूर्व तयारीमा जुटेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारको अग्रपंतीमा खटिने गरेको छ । सोही अनुरुप तयारीमा रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । स्थानीय जनप्रतिनिधिहरुले पनि सचेतता अपनाउदै सतर्कता अपनाउन नागरिकहरुलाई आव्हान गरेको छ।