
पूर्णपुष्टि, जेष्ठ २३ । फ्रेन्च फरवार्ड करिम बेन्जामाले साउदी क्लब अल इतिहादमा तीन वर्षको करार सम्झौता गरेका छन् । स्पेनीस क्लब रियल मड्रिडले एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय गरेपछि बेन्जेमा फ्रि– ट्रान्सफरमा रहेका थिए ।
फ्री ट्रान्सफरमा रहेको बेन्जेमाले अल इतिहादसँगको करार सम्झौतालाई अन्तिम रूप दिएको एएफपीले जनाएको छ । ३ बर्षको करार सम्झौता गरेका बेन्जामा २०२६ सम्म सो क्लबमा रहने एएफपीको रिर्पोर्टमा उल्लेख छ ।
सन् २००९ मा अनुबन्ध भएका बेन्जामाले रियलका लागी १४ बर्ष खेले । रियलमा उनले २५ वटा उपाधि जितेका छन् । च्याम्पियन्स लिग र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् । २०२२ मा बालोन डिओर जितेको उनले ४३८ खेलमा ४५० गोल गरेका छन् भने रियलका लागी सार्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उता अल हिलालले लियोनेल मेस्सीलाई कीर्तिमानी रकममा भित्र्याउने तयारी गरेको छ ।
