Saturday, May 23News That Matters

बेपत्ता महिला मृत अवस्थामा फेला

खोटाङ, असोज १५

खोटाङ केपिलासगढि–२ कुदुङ निबासी ६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् ।
हिजो अपरान्ह ५ बजे उनि घरबाटै हराएको भनि आफन्तले प्रहरी चौकी खार्ताम्छामा खबर गरेका थियो । घटनाको जानकारी पाउनसाथ तत्काल आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ८ बजे उनकै घर देखी करिव १ हजार २ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।