Tuesday, June 9News That Matters

बेलकाका क्यान्सर पिडित राईलाई कोरियाबाट १ लाख आर्थिक सहयोग

पूर्णपुष्टि, माघ १३

क्यान्सर पिडित श्याम राईलाई कोरियाबाट आर्थिक सहयोग जुटेको छ । उदयपुर सेवा समाज दक्षिण कोरियाबाट बेलका नगरपालिका वडा नं ५ का २३ बर्षिय क्यानसर पिडित राईलाई आर्थिक सहयोग जुटेको हो ।

बिषेश गरी कोरियामा रहेका उदयपुरका बिभिन्न व्यक्तिहरुले उदयपुर सेवा समाज दक्षिण कोरिया मार्फत १ लाख बराबर आर्थिक संकलन गरी पिडित राईलाई बुझाएको छ ।

उक्त सहयोग समाजका अध्यक्ष मधुकर राई र उपाध्यक्ष चित्र वस्नेतको नेतृत्वमा संकलन गरिएको हो । रकम नगद १ लाख रुपैया समाजका सल्लाहाकार तथा समाजसेवी महेन्द्र राईले विरामी उपचाररत अस्पताल धुलिखेलमै पुगेर आईतबार हस्तान्तरण गरेको हो ।परिवारमा आर्थिक स्थित कम्जोरी रहेको राईलाई परिवारले जसोतसो उपचारमा हस्पिटल पुराई हेरचार गरिरहेका छन् । परिवारले आर्थिक कम्जोरी रहेको बताउँदै सबै सामु सहयोगको माग राखेका छन् । देश विदेशमा रहेका सम्पूर्ण मनकारी नेपालीहरुमा सहयोगको अपेक्षा राख्दै परिवारले सबै सामु सक्दो सहयोगको माग राखेका हुन् ।

पीडित राईको आर्थिक अवस्था कम्जोर भएको भन्ने खबर प्राप्त भएपछि विरामीको आर्थिक सहयोगमा जुटेर सो रकम सहयोग गरेको सल्लाहाकार तथा समाजसेवी राईले बताउनुभयो ।