Thursday, May 28News That Matters

बेलकाका क्वारेन्टाइनमा रहेनेकाे संख्या ३९ पुग्यो

पूर्णपुष्टि, बैशाख ३ ।

उदयपुरको बेलका नगरपालिकाले आप्mना नागरिकहरुलाई सुरक्षित बनाउन तिब्र पहल गरिरहेको छ । पालिकाले कामको सिलसिलामा जिल्ला बाहिर रहेका नागरिकहरु आउने क्रमसंगै सबैलाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य परिक्षण गर्ने गरेको छ । पालिकाले कतिपय ठाउँमा विचल्नी परेको पालिकाका नागरिकलाई उद्धार गरी ल्याउने र ल्याएकालाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य परिक्षण गर्ने गरेको छ ।

पालिका वडा नं. २ र ८ मा बनाएको क्वारेन्टाइनमा बस्नेको संख्या ३९ पुगेको छ । वडा नं. ८ को सप्तकोशी मावि क्वारेन्टाइनमा हिजो रातीसम्म २६ जना र आज दिउसो ४ जना थपिएपछि जम्मा ३० जना पुगेका छन् भने वडा नं. २ को क्वारेन्टाइनमा ९ जना रहेका छन् । ती नौ जनाको आज १४ दिन पुरा भएको छ । नौ जनाकै आज छिटो प्रविधिको परिक्षण (आरडीटी) बाट परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसमध्ये दुइजनाको स्वाप नमुना लिइ परिक्षणका लागि धरान पठाइएको छ । पछिल्लो समय सरकारले १४ दिन बसिसकेपछि पनि स्वाप नमुनाको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमै बस्नुपर्ने निर्देशन गरेकोले क्वारेन्टानमै राखिएका छन् ।