Monday, June 29News That Matters

बेलकाकी पवित्राले दशदिनमै जितिन् काे*राे*ना, घर फर्किदै भनिन् – जित्न उच्च मनोबल चाहिन्छ

पूर्णपुष्टि, असार ५ ।

उदयपुरको बेलका नगरपालिकाकी पवित्रा राईले १० दिनमै काे*राे*ना जितेर आज घर फर्किएकी छिन् । बेलका वडा नं. ३ की राईले काे*राे*नालाई जितेपछि विराटनगरस्थित कोशी काे*राे*ना हस्पिटलबाट आज डिस्चार्ज भएकीे हुन् ।

१० दिनमै काे*राे*नालाई जितेकी उहाँको श्रीमान् भने अस्पतालमै छन् । उहाँ र उहाँको श्रीमान् बेलकामा पहिलोपटक काे*राे*ना पुष्टि भएका दम्पत्ति हुन् । उहाँको श्रीमान्को स्वास्थ्य अवस्था पनि सामान्य रहेको बुझिएको छ । राईलाई पालिकाको तर्फबाट स्वागत गरिएको थियो । एम्बुलेन्सबाट पालिका आइपुगेपछि उहाँलाई मेयर थापा तथा नगरपालिका कर्मचारी परिवारले फुलमाला लगाई स्वागत गरेको थियो । आफुले उच्च मनोबलका साथ काे*राे*नालाई जितेको राईले बताउनुभयो । अस्पतालमा बढिजसो तातोपानीको सेवन गरेको उहाँले भन्नुभयो । काे*राे*ना लागेमा नआत्तिकन मनभित्रबाटै काे*राे*नालाई जित्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने उहाँले बताउनुभयो । काे*राे*ना लागेपछि समाजमा तिरस्कार गर्ने र मनाेबल गिराउने पनि हुने तर, त्यस्ता कुराकाे वास्ता नगरी मनाेबललाइ बलियाे बनाइराख्नु पर्ने बताउनुभयाे । उहाँले श्रीमान् पनि छिटै काे*राे*नालाइ जितेर घर फर्कने विश्वास व्यक्त गर्नुभयाे ।

उनी महिला भएपनि अरूलाइ सान्त्वना दिने र उच्च मनाेवलका लागि प्रेरित गर्नेमा पर्नुभयाे । काे*राे*ना पुष्टि भएर अस्पताल जादै गर्दा पनि परिवार तथा अाफन्तहरूलाइ उल्टै सम्झाएर जानुभएकाे थियाे । सुरूमै मनाेवल उच्च देखिएकाे थियाे । त्यसैकारणले पनि उहाँले छिटै काे*राे*नालाइ जित्न सफल हुनुभएकाे मेयर थापाले बताउनुभयाे । मजदुरी काम गर्ने क्रममा भारतबाट फर्केका राइ दम्पती स्थानीय सरकारले बनाएकाे क्वा*रेन्टाइनमा बसेर पिसिअार  परिक्षण हुँदा काे*राे*ना पाेजे*टिभ देखिएकाे थियाे ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका ५ का २७ वर्षिय महमद आजाद पनि आजै डिस्चार्ज भएका छन् । उनले पनि १० दिनमै काे*राे*नालाई जितेर आज घर फर्केका हुन् ।

याे पनि…

स्वास्थ्यमाथि खेल*वाड भएकाे भन्दै  जिल्ला अस्पतालबाट आयो काे*राे*ना   संक्रमितकाे गुनासाे

उदयपुरमा पछिल्लोपटक को*रो*ना पोजेटि*भ देखिएका चारजना सर्बसाधारणले आफुहरुमाथिको स्वास्थ्यमाथि खेल*वाड भइरहेको गुनासो गरेका छन् । को*रो*ना पुष्टि भएको तीनदिनमा पनि कोरोना हस्पिटल नलगेपछि उनीहरुले आधिकारिक को*रो*ना हस्पिटल लैजान माग गरेका छन् । उनीहरुले आफुहरु संक्रमित पुष्टि भए लगत्तैदेखि आधिकारिक को*रो*ना हस्पिटल लैजान माग गर्दै आएका थिए । असार २ गते को*रो*ना पुष्टि भएका उनीहरुलाई एकदिन जिल्ला हस्पिटलमा राखेर विराटनगर लैजाने भनेपनि नलगिए पछि आफुहरुको स्वास्थ्यमाथी खेलवाड भएको गुनासो उनीहरुको हो ।

को*रो*ना पुष्टि भएपछि विराटनगरस्थित कोशी को*रो*ना हस्पिटल लैजानु पर्नेमा उनीहरुलाई जिल्ला हस्पिटल, उदयपुरको आइसो*लेशनमा राखिएको छ । आफुहरुलाई आधिकारिक को*रो*ना हस्पिटल नलैजाँदा स्वास्थ्यप्रति बढिनै चिन्ता बढेको उनीहरुले बताएका छन् । तीनदिनदेखि अस्पतालको आइसो*लेशन बेडमा खाने, बस्ने र सामान्य ज्वारो नाप्ने काम मात्र भईरहेको छ । त्यसभन्दा बढि सेवा वा उपचारको व्यवस्था छैन अस्पतालमा । एक्कासी विमारले च्यापेमा के गर्ने भन्ने चिन्ताले सताइरहेको उनीहरुले बताए । हालसम्म उदयपुरमा ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकामा सबैलाइ सिधै काे*राे*ना हस्पिटल विराटनगर लगिएकाे थियाे ।

“हामीलाई बाँच्ने आशा छ, त्यसैले आधिकारिक हस्पिटल लैजान माग गरिरहेका छौं” टेलिफोन सम्पर्कमा एक सं*क्र*मि*तले भन्नुभयो “सुरुमै हामी यहाँ आउन मानेका थिएनौं, सिधै को*रो*ना हस्पिटल लैजान माग गरेका थियौं ।”

हाल चारैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बुझिएको छ । उनीहरुले खाना, खाजा, बसाईको व्यावस्था भने राम्रो रहेको बताएका छन् ।

उनीहरुलाई पछिल्लो समय उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार नजिकै वर्षेडाँडामा बनाइएको को*रो*ना आइसो*लेशनमा लैजान खोजिए पनि मानिरहेका छैनन् । उनीहरुले आधिकारिक को*रो*ना अस्पतालमै लैजान माग गरेको बताएका छन् । जिल्लाका सबै पालिकाहरु मिलेर सयबेडको आइसोलेशन बनाउन लागेको बेल्टार (सातधारे)मा हाल ३० बेड तयारी छ ।

सं*क्र*मि*तहरुले को*रो*ना हस्पिटलमै लैजान जोड गरेकाले उनीहरुलाई पठाउने तयारी भएको जिल्ला स्वास्थ्य प्रमुख मोहनबहादुर सुवेदीले बताउनुभयो । उनीहरुलाई बेल्टार (सातधारे)को आ*इ*सो*ले*श*नमा सार्न खोजिएको थियो । उनीहरुलाई भोली विराटनगरस्थित कोशी को*रो*ना हस्पिटलमा लैजाने तयारी भएको प्रमुख सुवेदीले बताउनुभयो । पछिल्लाे समय सामान्य स्वास्थ्य अवस्था रहेका सं*क्र*मि*त*लाइ जिल्लाकै अाइसाे*लेशनमा राख्ने र जटिल अवस्था देखिएकालाइ मात्र काे*राे*ना हस्पिटल लैजाने क्रम थालनी भएकाे छ ।  काे*राे*ना हस्पिटलमा काे*राे*ना विरामीकाे चाप बढेकाले जिल्लाहरूमै यस्ताे व्यवस्थाकाे सुरूवाती भएकाे उहाँले बताउनुभयाे ।

पछिल्लो समय १ नं. प्रदेशमा पनि को*रो*ना संक्रमितको संख्या बढ्दै गएकाले प्रदेशको एकमात्र विराटनगरस्थित कोशी को*रो*ना हस्पिटलमा बेडको अभाव छ । अभावकै कारण उनीहरुलाई पठाउन नसकिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । बेडको अभावले पठाउने वातावरण नभएमा सं*क्र*मि*त*लाई जिल्लामै व्यवस्थित आइसो*लेशनमा राख्न बेल्टारमा आइशो*लेशन निर्माण गरिएको उहाँले बताउनुभयो । त्रियुगा, चौदण्डीगढी, बेलका, कटारी नगरपालिका तथा रौतामाई, लिम्चुङबुङ, उदयपुरगढी र ताप्ली गाउँपालिका गरी जिल्लाको आठै पालिकाको संयुक्त पहल तथा लगानीमा त्यहाँ आइसो*लेशन निर्माण गरिएको उहाँले बताउनुभयो ।

बेल्टार (सातधारेमा) सुविधासम्पन्न आइसो*लेशन
चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले  बेल्टार (सातधारे) मा सुविधासम्पन्न आइसो*लेशन निर्माण भएको बताउनुभयाे । ब्यवस्थित कोठा, बेड, खानेबस्ने, खानेपानी तथा चर्पी, बाथरुमको राम्रो व्यवस्थापन रहेको  साथै वाईफाई, विजुली, पंखाकोसमेत राम्रो व्यवस्था रहेको उहाँले बताउनुभयाे । आइसो*लेशनमा गाईघाटबाट चारजना आउने भनिएकाले उनीहरुको स्वागतको तयारीमासमेत रहेको उहाँले बताउनुभयो ।
सयबेडको बनाउने लक्ष रहेको सातधारे आइसो*लेशनमा एउटा गाडी चौविसै घण्टा तयारी अवस्थामा राखिएको पनि मेयर राईले बताउनुभयो । को*रो*ना हस्पिटलहरु सं*क्र*मि*तले भरिएर राख्ने ठाउँसम्म अभाव हुन थालेपछि सं*क्र*म*न देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेकाहरुलाई जिल्लाकै आइसो*लेशनमा राखिने, स्वास्थ्यमा जटिलता देखिएमा तत्कालै एम्बुलेन्सबाट को*रो*ना हस्पिटल लैजाने व्यवस्था मिलाइएको मेयर राईले बताउनुभयो । जिल्लाका नागरिकहरूलाइ तत्काल उपचार र उद्दार हाेस् भन्ने हेतुले सबै पालिका मिलेर याे कार्य गरिएकाे उहाँले बताउनुभयाे ।