Thursday, June 11News That Matters

बेलकामा अबैध काठको फर्निचर बरामद, २ जना पक्राउ

पूर्णपुष्टि, फागुन १७

उदयपुरको बेलका नगपालिकामा अबैध काठको फर्निचर  सहित जिल्ला प्रहरी कार्यालय उदयुरले २ जनालाई आईतबार पक्राउ गरेको छ । जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत बेलका नगरपालिका ९ जरायो खोला स्थित मदन भण्डारी राजमार्ग बाट अबैध फर्निचर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो ।

पक्राउ पर्नेमा ट्याक्टर चालक बेलका नगरपालिका ९ का २४ बर्षिय कृष्ण बहादुर शाही ठकुरी र काठ धनि सुनसरी बराह क्षेत्र नगरपालिका २ की धनु राईलाई रहेको छ । उनिहरुलाई स १ त ७९१६ नं को ट्याक्टरमा सखुवा जातको काठ लोडगरी सुनसरी तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट करिब १ लाख बराबरको बिभिन्न फर्निचर सम्बन्धि सामाग्रीहरु लोबेड १ थान, बक्स प्लङ १ थान, आराम चियर १ थान, बेन्च १ थान बरामद भएको छ ।

उनिहरुलाई बिषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरी आवश्यक कार्वाही गर्ने जनाएको छ ।