
पूर्णपुष्टि,जेष्ठ ५ । उदयपुरको बेलका नगपालिकामा टिफरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाट रामपुर तर्फ जाँदै गरेको मधेर प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिफरबो ठक्करबाट बालिकाको घट्ना स्थालमै मृत्यु भएको हो ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीका अनुसार टिफरको ठक्करबाट बेलका नगरपालिका–४, लालबजारका नवराज राना मगरको ४ वर्षिय छोरी एन्जिला राना मगरको मृत्यु भएको हो । टिफर र टिफर चालक कटारी नगरपालिका–२, का २३ वर्षिय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएका छन् ।
यस्तै घटनाले स्थानीय आन्दोलित भएपछि रामपुरबाट बेल्टार तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को टिफरमाथि आग्जनी गरेको छ । दुर्घटना स्थलमा बाक्लो प्रहरी परिचलान गरेको छ भने पूर्व पश्चिम जाने सवारी साधनहरुलाई विरेन्द्र चोकदेखि तपेश्वरी भागलपुर हुँदै रामपुरको बैकल्पिक बाटो पठाई रहेको प्रहरीले जनाएको छ ।
