
पूर्णपुष्टि,जेष्ठ ५ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले अहिलेको संसदीय व्यवस्था जनतामुखी नरहेको जनाएको छ । शुक्रबार गाईघाटको पिपल चौकमा पार्टी केन्द्रिय समिति सामना जनसङ्गीत अभियान मार्फत यस्तो बताएको हो ।
पार्टीले सांगितिक कार्यक्रम मार्फत सरकारको बिरोध र भ्रष्टचारी सरकारको संज्ञा दिएको छ । देशका ठुला दल कांग्रेस, एमाले माओवादी लगायतका पार्टी सबै भ्रष्ट र दलाल रहेको जनाए । यी रसाजनितिक दलहरुले जनताहरुलाई कहिले उकास्न नसकेको र अब पनि कुनै आश नरहेको पनि जनाए । यी पार्टीहरुले जनताको पिडा र दुखलाई चुनावी भाषन र मसाको रुपमा प्रयोग गरेको जनवादी कलाकार आरोह नेपालीले बताए ।
उनका अनसुार आफुहरुको पिडाको सामाधान गर्ने बाहानामा सत्ता कब्जा गर्दै सत्ताको दुरुपयोग मार्फत उल्टै जनताहरुलाई अन्याय अत्याचार र गरिब बनाउने काम गरेको बताए । कार्यक्रममा बोल्दै आरोहले ‘यी सबै दलका नेताहरु भ्रष्टचारमा लिप्त भएको र अब यो व्यवस्थै वदल्नु पर्ने पार्टी बदलेर नहुने’ बताए । उनले रवी लामिछानेको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि देशलाई निकास दिन नसक्ने भन्दै उनिहरु पनि यसै व्यवस्थालाई मान्ने र घरी माओवादी घरी कांग्रेस त घरी एमाले सँग जोडिएर संसदमा आएको बताए ।

संसदीय व्यवस्थालाई खवरदारी गर्दै सामना सस्कृति परिवारले मुलुकको मध्य पहाडी भोगहरुको केहि जिल्लाहरुमा आफ्नो खवरदारी अभियान संञ्चालनमा रहेको जनाए । नयाँ साल २०८० सुरु भए संगै रामेछाप देखि सुरु गरिएको अभियान खोटाङ, सोलखुम्बु, तेह्रथुम, धनकुटा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी हँदै आज उदयपुरको गाईघाटमा उक्त अभियान कार्यक्रम गरेको जनाएको छ । बाकी सिरहा, धनुषा, सिन्दुली हुँदै सर्लाहीमा पुगि यस अभियानलाई सम्पन्न गर्ने कार्यक्रम रहेको आरोहले बताए ।
