
पूर्णपुष्टि,जेष्ठ ५ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १५ स्थित बरुवामा गत बुधवार राती आएको हावाहुरीले एक घरमा क्षति पु¥याएको छ । साझँको समयमा लगातार झन्डै १ घण्टाको समय सम्म लगातार असिना पानी संगै आएको हावाहुरीले बरुवाका स्थानीय साङमती राईको घरको छाना झर्दा टाउँकोमा सम्मेत चोट लागेको वडा सदस्य डम्बर राईले बताए ।उनका अनुसार साङमतीको स्वस्थ्यमा अझै पनि केहि सुधार नआएको बताए ।
हावा हुरी संगै आएको असिना पानीनले त्यस आसपास क्षेत्रका केहि घरहरुमा सामान्य क्षेत्र भएको जनाएको छ । त्यस्तै हावा हुण्डरीले हुवासका केहि अन्न पात विशेष त मकैहरु पुर्ण रुपमा लडाएर क्षेती प¥यएको छ ।
