
पूर्णपुष्टि/उदयपुर, माघ २० गते ।
जिल्लाको बेलका नगरपालिकामा आयोजना भएको बृहद कृषि मेलामा धित मरुन्जेल आप्mना कृषि उत्पादनहरु प्रदर्शनी तथा विक्री गर्न पाउदा कृषकहरु हर्षित मात्र हैन त्यत्तिकै उत्साहित पनि भएका छन् । कार्यक्रममा ५१ जना कृषकहरु विभिन्न बाली उत्पादनबाट पुरस्कृतसमेत भएका छन् ।
नगरपालिकाको मुख्य आयोजनामा तथा विषयगत विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको आयोजनामा माघ १७ देखि १९ गतेसम्म भएको जिल्लास्तरीय कृषि मेलामा कृषि उत्पादनका खाद्यान्न, पशुपंक्षी, माछा, फलफुल, तरकारी, दलहन, लहरेबाली लगायतका उत्पादनहरुको बृहद प्रदर्शनी भएको थियो । साथै कृषि प्रविधि तथा औजार, मेसिनहरुको पनि प्रदर्शनी भएको थियो ।
प्रदर्शनीमा नमुना घरवगैचा विशेष आकर्षक बन्यो । स्वच्छ, सफा र सभ्य एउटाघरसंगै हुनुपर्ने करेसाबारी, जुठेल्नो, फलफुलका बोटहरु, फुलबारी, माछापोखरी, घरगोठ, चर्पी आदिको नमुना घरवगैचा देखेर कृषकहरुले आप्mना घरलाई त्यस्तै बनाउने प्रणसमेत गरेका थिए ।
कृषकहरुले आप्mना बारीमा फलाएका तरुल, फर्सी, लौका, मुला, रायो साँग, केरा, जुनार, च्याउ, अदुवा, बेसार, धानको बाला, मकैको घोगा आदि आकर्षणका केन्द्रबिन्दु बने । उन्नत पशुपालन, कृत्रिम पशुगर्भधान प्रबृद्धिको प्रदर्शनी तथा सेवा पनि विशेष बनेको थियो । कृषकहरुले हाँस, कुखुरा, बंगुर, राँगा, खसी बाख्रा, जर्सीसमेत प्रदर्शनीमा ल्याएका थिए ।
प्रदर्शनीबाट कृषकहरुबीच एकआपसमा परिचय, अन्तरक्रिया र परामर्शको अवसर मिलेको थियो । फरक फरक ठाउँ र परिवेसका उत्पादनको बारेमा जानकारी मिलेको थियो । खासगरी एकआपसका असल कुरा, ज्ञान, सिप आदानप्रदान, अनुकरणको वातावरण बनेको थियो । बेसार, अदुवा, उखु लगायतका उत्पादनको विक्रीसमेत राम्रो भएको थियो । तीनदिने मेलाबाट विशेषगरी कृषकहरु खुसी भ एभने कृषि गतिविधि प्रभावकारी ढंगले प्रस्तुत भए । विभिन्न विषयगत संघसंस्था तथा कार्यालयहरुलाई जनतासंग साक्षत्कार, अन्तरक्रिया विशेष बन्यो ।
विशेषगरी कृषक र कृषिलाई नै केन्द्रित गरी मेलाको आयोजना गरिएकाले यसले बेलका नगरपालिका मात्र नभई जिल्लाभरीकै कृषकहरुलाई व्यवसायिक तथा आधुनिक कृषिमा प्रेरणा मिलेको नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती)ले बताउनुभयो ।
कृषकहरुको मेहनत र परिनाको फल हेर्न जति लायक थिए, त्यसका बजारीकरणमा भने अझैपनि समस्या रहेको गुनासो आएको थियो । कृषकहरुले कृषिमा स्थानीय तथा सबैतहका सरकारको ध्यान जानुपर्नेमा जोड दिदै परिचयपत्रको व्यवस्था गर्न माग गरेका थिए । कृषि क्षेत्रको समस्या हलमा ध्यान दिनुपर्ने र सुलव अनुदानको व्यवस्थाका लागि पनि आग्रह गरेका थिए ।
कृषिमा लगानी, ल्याउछ सुनौलो विहानी भन्ने नाराका साथ आयोजित मेला प्रभावकारी ढंगले सम्पन्न भएको समाजसेवी समुह उदयपुरका कार्यक्रम संयोजक विनोद कार्कीले बताउनुभयो ।
पुरस्कृत कृषकहरुको विवरण