Thursday, May 7News That Matters

बेलकामा रुखबाट लडेर एक जनाको मृत्यु

पबेलका/बैशाख, १

उदयपुरको बेलकामा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । बेलका नगरपालिकाको वडा नं ५ को दल बहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो । राइ मदन भण्डारी लोक मार्ग स्थित १ किलोमिटर दक्षिण जमुनाको रुखबाट घाँस काट्ने क्रममा लडेको वडा अध्यक्ष गोविन्द खड्काले बताउनुभयो ।

बिहानै पख गाईवस्तुलाई घाँस काट्न हिडेको राई १५ फिट अग्लो रुखबाट खसेको स्थानीयहरुले बताएका छन् । राई हातमा खुकुरी र दाब सहित घोप्टो परेर लडिरहेको अवस्थामा फेला परेको स्थनीयले बताए । राई जंगलबाट ढिलो गरेपछि घर तथा स्थानीयहरुले खोजी कार्य गर्दै जाँदा मृत अबस्थामा फेला परेको थियो । मृतक राईलाई पोष्टमाटमको लागि धरान घोपा लगिएको छ ।