Thursday, May 7News That Matters

थप २ जनामा कोरोना पुष्टि नेपालमा संक्रमणको संख्या १४ पुग्यो

पूर्णपुष्टि/बैशाख, १

नेपालमा पनि कोरोना संक्रमण व्यक्तिहरु थप हुदै गएको छ । केहि दिन पहिले मात्र ३ जनामा फेला परेको कोरोना सोमबार थप २ जनामा पुष्टि भएपछि यसको संख्या १४ पुगेको छ । आज मात्रै थप १ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।

रौतहटमा एक युवकमा आज मात्रै कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

उनी १६ गते भारतबाट फर्किएको थियो । लकडाउनको समयमा मध्यरातमा घर आएका उनलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा बसेकाहरूको २८ गते नमुना संकलन गरिएको थियो, जसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी कैलालीको अर्को एक महिलामा पनि संक्रमण देखिएको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ निबासी एक महिलामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको हो । अस्पतालले कोरोना पुष्टि भएको जनाएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो ।

 

तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको अस्पतालले जनाएको छ ।