Thursday, May 7News That Matters

वडाको विपद् ब्यावस्थापन कोषबाट राहत वितरण

उदयपुर, बैशाख १ गते ।

उदयपुरको एक वडाले विपद् व्यावस्थापन कोषबाट राहत वितरण गरेको छ । रौतामाई गाउँपालिका–५ ले आफ्नो विपद् व्यावस्थापन कोषबाट एक सय एक घरलाई राहत वितरण गरेको हो ।

वडाले कोषको एक लाख ५० हजार रकमबाट चामल २ हजार २०, दाल २ सय २, नुन १ सय १ केजी, तेल १ सय १एक लिटर र सरसफाईका लागी लाईफल ब्वाई साबुन ४ सय ४ वटा खरिद गएको वडाकार्यालयले जनाएको छ ।

वडाको जेष्ठ नागरिक, अपाङ र दैनिक ज्यालामजदुरी गरिखानेलाई पहिचान गरी प्रत्येक घरलाई चामल २०, दाल २, नुन १ केजी, तेल १ लिटर र सरसफाईका लागी साबुन ४ वटा वितरण गरेको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा न्युनिकरणका लागी सरकारले देश लकडाउन गरेपछि निम्न अवस्थाका नागरिकलाई खाद्य वस्तुको अभाव हुन नदिन टोल टोलमा सामाजिक दुरी कायम गरी राहत वितरण गरेको वडाध्यक्ष राईले बताए ।