
पूर्णपुष्टि, बैशाख ३ ।
उदयपुरको बेलाका नगरपालिकामा आज छिटो प्रविधिको परिक्षण (आरडीटी) बाट १० जनाको कोरोना संक्रमण परिक्षण भएको छ । परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको पालिकाका सामाजिक विकास प्रमुख गोपाल निरौलाले जानकारी दिनुभयो ।
नौ जना पालिकाको वडा नं. २ स्थित क्वारेन्टाइनमा बसेका र अर्का एकजना विदेशबाट आइ होम क्वारेन्टाइनमा बसेकाको परिक्षण गरिएको हो । जसमध्ये तीन जनाको स्वाप नमुना संकलन गरी परिक्षणका लागि धरान लगिएको छ । क्वारेन्टाइनको नौजना मध्येबाट दुई र होम क्वारेन्टाइनमा बसेकाको गरी तीन जनाको स्वाप नमुना संकलन गरिएको हो ।
क्वारेन्टाइनमा बस्ने नौजनाको आज बसाई १४ दिन पुगेको छ । पछिल्लो समय सरकारले १४ दिन बसिसकेपछि पनि स्वाप नमुनाको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमै बस्नुपर्ने निर्देशन गरेकाले उनीहरुलाई घरजान दिइएको छैन । स्वापको रिपोर्ट आएपछि मात्र उनीहरुलाई घर जान दिइनेछ ।
