Saturday, May 17News That Matters

बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा मण्डल बिजयी

पूर्णपुष्टि, २७ साउन ।
बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा चन्द्र सेखर मण्डल (चन्द्र मणि) बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार पर्शुराम अधिकारी र शेर बहादुर खत्री लाई पछि पार्दै मण्डल अध्यक्षमा बिजय भएका हुन।

त्यसैगरी प्रथम उपाध्यक्ष पदमा तिर्थ पराजुली, महासचिव पदमा सुसिल बिक्रम थापा, सचिव पदमा घनश्याम घिमिरे, कोषाध्यक्ष पदमा राकेश के. सि. निर्वाचन भएको छ । भने, सदस्यहरुमा प्रशुराम राई, राजेश श्रेष्ठ, धर्मराज थापा, शुशिला तामाङ, कबिराज राई, थिर कुमारी अधिकारी र जितेन्द्र शाह बिजय भएका छन।