
कटारी/चैत्र,२६
सक्वारेन्टाइनमा १४ दिन बसाइ पुरागरेका २६ जनाको आज स्वाव संकलन गरिएको छ । उदयपुरको कटारी नगरपालिका १ त्रिवेणी बेलस्रोत स्थित १ नं प्रदेश क्वारेन्टाईनमा बसेको २६ जनाको स्वाभ संकलन गरिएको हो । नेपाली सेनाको व्यवस्थापनमा रहेको उक्त क्वारेन्टाइनमा भारतको बिभिन्न ठाउँबाट आएका ३ महिला सहित २६ जनालाई राखिएको थियो । क्वारेन्टाइन वस्ने २ हप्ता अवधिको उनिहरुको यो विषेश परिक्षण हो ।
परिक्षण्मा नेगेटिभ देखिए घर पाठाइने र पोजेटिभ देखिएमा उपचार तर्फ लगिने जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । जनस्वास्थ्य कार्यलयको प्रमुख मोहन सुवदीको नेतृत्वको टोलीले उनिहरुको स्वाव संकलन गरेको हो । सुवेदीका अनुसार क्वारेन्टाइमा रहेका २६ जनाकै नमुना संकलन गरी धरान पठाइएको छ ।
जिल्ला अस्पताल उदयपुरका ल्याव टेक्नीसियन प्रणब कुमार यादव र प्रमेन्द्र यादव त्यस्तै कटारी नगरपालिका स्वास्थ्य प्रमुख सुरेश दाहाल लगाएतको टोलीले स्वाव संकलन गरेको हो ।
फोटो

