
बेलका, बैशाख २ ।
किरात राई समुदायको धार्मिक आस्थाको केन्द्र खुवालुङको नाममा स्थापना गरिएको ‘खुवालुङ एग्रिकल्चर एण्ड एग्रोभेट प्रालि बेलका ४‘ को उद्घाटन भएको छ ।
बेलका नगरपालिका वडा नं ४ बरगाछीमा स्थापना गरिएको कृषि फर्मको सामुहिक रुपमा माछाको भुरा र बंगुरको पाठापाठी फÞार्म हाउसको आधुनिक खोर र पोखरीमा लगाएर फार्मको बुधबार उद्घाटन गरिएको हो ।
कृषि फर्ममा बिशेष गरि बंगुर प्रजनन तथा माछा उत्पादन गरिने संचालक ठहरमान राईले बताउनुभयो ।
पछिल्लो समयमा बेलका नगरमा युवाहरु कृषि पेशा तर्फ आकर्षित हुन थालेकोले नगरको कृषि योजनाहरु समेत सफल बन्दै गएको बेनपा–४ का वडाध्यक्ष दिपक दंगालले बताउनुभयो । कार्यालयबाट आगामी बर्षमा एक थान बिऊ बंगुर फर्मलाई उपलब्ध गराउने समेत उहाँले बताउनुभयो ।
कृषि क्षेत्रको उत्पादकत्व बढाउन लागिपरेका कृषि उद्धमी युवाहरुलाई नगरपालिकाले सधै सबैखाले सहयोग गर्दै आएको र भाविदिनहरुमा अझ बढी ध्यान पुर्याउने नेकपा एमाले बेलका नगर अध्यक्ष तथा नगरपालिकाका आर्थिक सल्लाहकार गणेश बस्नेतले बताउनुभयो ।
बास्तविक किसान राज्यको कृषि नितिमा अझै पनि पर्न नसकेको बताउदै कागजी झोले कृषकहरुले बढी भन्दा बढी फाईदा लुटिरहेको नेपाली काग्रेसका नेता तथा जनजाति संघका महामन्त्री प्रशान्त चाम्लिङ राईले बताउनुभयो ।
कृषि पेशा सबैभन्दा उत्तम पेशा भएको बताउदै यो फर्म बेलका नगरको मात्र नभई प्रदेश कै नमुना बन्न सफल भएको आफुले हेर्न र सुन्न चाहेको नेकपा माओवादी केन्द्रका उदयपुर जिल्ला सचिवालय सदस्य राकेस किरातीले बताउनुभयो ।
युवा पुस्ता कृषि क्षेत्रमा प्रबेस गर्नुले देशको आर्थिक सम्वृद्धिलाई समेत टेवा पुर्याउने भएकोले युवाहरु कृषि क्षेत्रमै स्वरोजगार बन्नु पर्ने जनता समाजवादी पार्टी बेलका नगरका अध्यक्ष सुरेन्द्र खालिङ राईले बताउनुभयो ।
कृषि प्रदान देशमा कृषकहरु नै भोकै बस्ने परिस्थितीलाई निरुत्साहित गर्न कृषि पेशालाई आधुनिकीकरण तर्फ लैजानुका साथै कृषि क्षेत्रको आयात मुखि व्यावसायलाई बिस्थापित गर्न समुहगत रुपमा कृषि कर्मको थालनी गरेको फर्म संचालक मध्येका ललित राईले बताउनुभयो ।
करिब दुई बिगाहा जमिनमा २३ लाख रुपैया बराबरको लगानीमा फर्म स्थापना गरिएको छ । फर्ममा माछा, बंगुर पाठापाठी उत्पादन तथा कुखुरालाई उत्पादनको पहिलो प्राथमिकतामा राखिएको छ भने अन्य बिस्तारै थप गर्दै लगिने योजना रहेको राईले बताउनुभयो ।
