बेल्टारका पत्रकार जिवन राईको छोरालाई मृगौलाको समस्या, बचाईदिन आर्थिक सहयोगको अपिल

पूर्णपुष्टि, मंसिर २१
चौदण्डीगढी नगरपालिका बेल्टारका पत्रकार जिवन राईको छोरालाई मृगौलाको समस्याले थलाएको छ । भर्खरै काठमाण्डौँको अन्नपूर्ण हस्पिटलमा टाउकोको नसा उपचार गरि घर फर्काएको चौदण्डीगढी नगरपालिका १ तर्लुङटार निवासी पत्रकार राईको १९ बर्षिय छोरा निसान राईलाई अचानक मृगौलामा समस्या देखिएको हस्पिटलले जनाएको छ ।

काठमाण्डौँ बाट टाउकोको उपचार गरि घर फर्काएको केहिदिन पछि पेट दुखेर सारो परेको निशानलाई उपचारको लागि स्थानीय हस्पिटलमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि तत्काल धरान घोपा पठाईएको थियो, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि हाल बिराटनगर हस्पिटलमा उपचार भईरहेको छ । ठुलो रकम आवश्यकता भएका कारण परिवारले सो रकम जुटाउन नसक्ने अवसथा आएपछि बिभिन्न निकायहरुमा सहयोगको अपिल गरेको परिवारले जनाएको छ ।

जिवन राई बेल्टार बाट प्रकाशित हुने चौदण्डीगढी साप्ताहि पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक समेत हुन् । पत्रकार राईका अनुसार छोराको उपचारमा हाल सम्म ५ लाख देखी ७ लाखको हाराहारीमा खर्च भईसकेको जनाएको छ । काठमाण्डौँमा ठुलो खर्च सकाएर फर्काएको बिरामी फेरी तत्काल बिरामी पर्दा खर्चको चरम अभाव भएको पत्रकार राईले बताए । सानो तिनो खर्च बाहेककै मृगौलो उपचारमा धेरै खर्च भईसकेको र अझै थप उपचारका लागि पनि खर्च बढी लाग्ने परिवारले जनाएको छ ।

डाक्टरका सल्लाह अनुसार बिरामीलाई बचाउन सक्ने धेरै सम्भावना रहेको हुँदा परिवारले आर्थिक संकलनलाई तिव्र बनाउनु पर्ने जनाएको छ । ९५ प्रतिशत खराब भएको मृगौलालाई फर्काउने हस्पिटलले निकै कष्ट गरिरहेको हुँदा सम्पूर्ण व्यक्ति, संघ संस्था, व्यापारी सहयोगी मनहरुमा आर्थिक सहयोगको अपेक्षा परिवारले गरिरहेको छ ।

बिरामी निशानलाई बिराटनगर हस्पिटलमा भेन्डिलेटर र आईसियुमा राखेर उपचार गराई रहेको पत्रकार राईले जनाएको छ । यता मृगौलाको ट्रिटमेन पश्चात बिरामीलाई श्वासप्रश्वासमा समस्या देखिरहेको अस्पतालले जनाएको छ । मृगौला उपचारको क्रममा रगत र निचोरिएको कस फोक्सो हुँदै सफा हुने भएपछि श्वासप्रश्वासमा समस्या देखिरहेको हस्पिटलको भनाई छ । हस्पिटलको भनाई अनुसार खराब मृगौलाको कस र रगत भेल्भ हुँदै फोक्सो बाट सफा हुने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाईएको छ ।

पत्रकार राईले खर्च जुटाउन सके छोरालाई बचाउन सक्ने हस्पिटलले आश्वासन दिएको जनाएको छ । उनले सहयोगी मनहरुलाई आर्थिकका लागि अनुरोध गर्दै छोरा बचाईदिन अनुरोध समेत गरेका छन् । सहयोगका लागि बिरामीका बुबा जिवन राई लाई 9863872191 सम्पर्क गर्न र राष्ट्रिय बाणिज्य बैँको खाता नं। 2370100007736010 मा आर्थिक संकलन गरी सहयोग गर्न सकिने छ । उनलाई बचाउन हाल निशान राई बचाऔँ अभियान पनि संञ्चालनमा रहेको हुँदा सबै क्षेत्र, निकाय, माध्यम, व्यक्तिहरुले सहयोग तथा प्रचार गरी बचाउन आग्रह समेत परिवारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: