Monday, June 29News That Matters

बेल्टारको एक जुत्ता पसलमा भिषण आगलागी

पूर्णपुष्टि, जेष्ठ २७
चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बिहिबार राती भिषण आगलागी भएको छ । ७ नं वडा बजार स्थित रहेको मचन्द्र बस्नेतको घरमा बिद्युत सट भई आगलागी हुदाँ १० लाख भन्दा बढीको क्षति भएको छ । उक्त घरमा चप्पल, कपडा लगायतका पसल रहेका थियो । आगोले पसलका समान जलेर पूर्ण नष्ट भएको छ।
बस्नेतको घरमा रहेको रमेश सुवेदीको जुत्ता चप्पल पसलबाट बिजुली सर्ट भएर आगलागी हुदाँ बस्नेतको काठ, सिमेन्ट र टिनको छाना भएको दुई तले घर जलेको छ ।

एक्कासी लागेको आगो नियन्त्रणमा लिने क्रममा बस्नेतको घरमा रहेका अन्य पसलहरु समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बिहीबार साँझ लागेको आगो स्थानीय बासिन्दा, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।