Tuesday, March 18News That Matters

बेल्टारमा जातिय बिभेद बिरुद्ध जनचेतना कार्यक्रम

बेल्टार, चैत २८ गते ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा जातिय बिभेद बिरुद्ध कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

संविधान र नयाँ सरकारले दलितको हकहितको लागि थुप्रै नीति नियमहरु बनाए पनि यसको कार्यन्वयन पक्ष फितलो रहेको भन्दै जनचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

दलितहरु आर्थीक, राजनितिक, सामाजिक पहँुच भन्दा टाढा हुनु परेको र सामाजिक रुपमा अझै पनि सहजता नरहेको सहभागिहरुले बताएका छन् । नगर स्तरीय दलित लक्षित समिति चौदण्डीगढीको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोग र दलित गैसंस माहासंघको सहकार्यमा भएको कार्यक्रममा पूर्वमन्त्रि तथा नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माको प्रमुख आथित्य रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्रि विश्वकर्माले पहिले सबै दलितहरु एक हुनु पर्नेमा जोड दिए । सबै दलित सामुदायहरु एक अर्कालाई सम्मान गर्दै एकता कायम गरेमा राज्यलाई दवाव दिन सकिने बताए । उनले दलितको मर्मलाई सरकार आफैले नबुझे पछि दलित स्वतन्त्रता अधिकारको लडाई लड्नु परेको भन्दै केही बुदाहरु मात्र संविधानमा लेखिएको बताए । कामिले आरन चलाउँदा फलाम कुट्ने पेशा हुने गैरजातीले आरन चलाउँदा ग्रिल उद्योग बन्ने सामाजिक समस्या रहेको उनको भनाई छ । उनले पहिलेको भन्दा अहिले थुप्रै कुराहरुमा सुधार भएको बताए ।

कार्यक्रममा अन्य सांसद, जिल्ला समन्वय समिति प्रमुख, स्थानीय सरकार प्रमुख तथा  जनप्रतिनिधि, पार्टी प्रतिनिधि, नागरिक समाजको ब्यापक सहभागिता थियो

कार्यक्रममा ४० जना भन्दा बढी जेष्ट नागरिकहरुलाई अभिन्नदन कार्यक्रम एको थियो। कार्यक्रममा ४० जना भन्दा बढी जेष्ट नागरिकहरुलाई अभिनन्दन समेत गरिएको थियो ।