
पूर्णपुष्टि, ११ असोज ।
बेल्टारमा गएराती दुई ओटा मोटरसाईकल चोरी भएको छ । घरमै राखिएको अवस्थामा मोटरसाईकल चोरी भैरहेको स्थानीयहरुले जनाएको छ । बेल्टार बिपि चोक र गोरेटो लाईनबाट एनएस र पल्सर बाईक हराएको स्थानीय युवा प्रेम जङग किरातीले जनाए । किरातीका अनुसार को ३२ प १६६१ को बिटि राईको पल्सर 220 र बा ८.३ प ५९६९ को रेम्मो राईको एनएस 200 सिसिको मोटरसाईकल चोरी भएको हो ।
मोटरसाईकल चोरी बढेपछि स्थानीय युवाहरु त्रसित बनेको छ । उनिहरुले बेल्टार बजार असुरक्षित भएको समेत जनाए । यो चोरीको समस्या सामाधन र मोटरसाईकल खोजि कार्यमा सबैलाई सहयोग मागेका छन् । चोरीमा संलग्नलाई पत्ता लगाई मोटरसाईकल फिर्ता गर्न सहयोग पुराउन सम्बन्धित सुरक्षा क्षेत्रलाई युवाहरुले आग्रह पनि गरेको छ ।