Sunday, June 28News That Matters

बेवारीसे अवस्थामा पेस्तोल बरामद

भोजपुर, असार ५ गते । 

भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारीसे  अवस्थामा १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट बिहिवार दिउँसो बादर रुङने टहरोमा शंका लागी चेकजाँच गर्दा उक्त टहरोबाट १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो ।

बरामद भएको सकेट बम नेपाली सेनासंग समन्वय गरी डिस्पोज गर्ने कार्य भईरहेको छ भने अन्य बरामद सामान सुरक्षित राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।