Sunday, June 28News That Matters

भरुवा बन्दुक सहित १ जना पक्राउ

तेह्रथुम, असार ५ गते । 

तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेको छ ।

स्थानीय २२ बर्षीय लालबाहदुर तामाङले आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा बिहान पौने १० बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।