Sunday, June 28News That Matters

कामदार लैजना आउने कोरियन जहाजमा नेपाली आउन पाउने

पूर्णपुष्टि, असार ५ गते ।

शनिबार नेपाल आउने कोरियन एयरले कोरियाबाट नेपालीलाई काठमाडौं ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोरियन एयरलाई नेपाली ल्याएर काठमाडौं आउन सहजीकरण गरिएको छ ।

कोरियाबाट अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका लगायत दूतावासको प्राथमिकतामा परेका नागरिकलाई नेपाल ल्याउन लागिएको हो ।

कोरियन एयर ईपीएस कोरिया अन्तर्गत नाम निकालेका कामदारलाई कोरिया लैजान शनिबार काठमाडौं आउन लागेको छ ।