बैकिङ कसुर मुद्धामा फरार रहेकी महिला पक्राउ

पूर्णपुष्टि, मंसिर २७
बैकिङ कसुर मुद्धामा फरार रहेकी एक महिला प्रतिवादी पक्राउ परेकी छन् । सुनसरी धरान उम–महनगरपालिका–७ की ५० वर्षीय सुनिला याखा पक्राउ परेकी हुन् ।
उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय आर.आई.टी. बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा आईतबार पक्राउ गरेको हो । बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद रु.५ लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना तोकेको थियो ।
फरार रहेकी याखालाई हिजो पक्राउ गरी आज सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: