Monday, May 4News That Matters

बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाईते

पूर्णपुष्टि, असार २५ । बैतडीमा बस दुर्घटनाहुँदा एकको मृत्यु भएको छ भने ३९ जना घाईते भएका छन् । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारी रहेका छन् ।

पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ को सुवाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगश खत्रीले जानकारी दिए । भण्डारीको उपचारको क्रममा मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको हो । बसमा सवार ३९ जना मध्ये १६ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईतेहरुलाई डडेलधुरा रेफर गरिएको छ भने अरुको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।